Logo

१९ असार,वीरगञ्ज । भारत–नेपाल सीमावर्ती क्षेत्रमा सक्रिय रहेको अन्तर्राष्ट्रिय मोटरसाइकल चोरी गिरोहविरुद्ध प्रहरीले ठूलो सफलता हासिल गरेको छ। रक्सौल अनुमण्डल प्रहरीले चार वटा चोरीका मोटरसाइकलसहित गिरोहका मुख्य सरगनासहित पाँच जनालाई पक्राउ गरेको जनाएको छ।

रक्सौलका डीएसपीका अनुसार पक्राउ परेकामध्ये चार जना नेपाली नागरिक रहेका छन्। प्रारम्भिक अनुसन्धानका क्रममा एक आरोपितको बयानका आधारमा थप चार जनालाई नियन्त्रणमा लिइएको हो।

प्रहरीले जनाएअनुसार उक्त गिरोहले सीमावर्ती क्षेत्रमा मोटरसाइकल चोरी गरी नेपालतर्फ ल्याएर बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेकाहरूको साथबाट चार वटा चोरीका मोटरसाइकल समेत बरामद गरिएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। साथै, गिरोहमा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य पनि तीव्र पारिएको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार