Logo

२६ वैशाख,वीरगञ्ज । हाम्रो समाज त्यसमा पनि बिशेष गरी मधेसमा हुने महिला माथीको घरेलु हिँसा र अत्याचार हामीले बारम्बार सुन्ने गरेका छम । हामीले हाम्रो समाजलाई पुरुषप्रधान समाज भनेर बुझ्ने गरेका छौ । किनकी हामीले हाम्रो घरमा होस वा समाजमा पुरुषलाई बिशिष्ट स्थान दिने गरेका छौ । हामीले हाम्रो समाजमा प्रायः पुरुषले मात्र महिला माथी हिंसा गरेको सुन्ने गर्छौ । तर पर्सा जिल्लाको रमिता देवीको घटनाले पुरुष मात्र नभइ महिला ले पनि महिलामाथी घरेलु हिंसा गर्छ भन्ने घटना बाहिरीएको छ ।

पर्सा जिल्लाको पटेर्वा सुगौलीको बैरिया टोलको एउटा घरमा जहाँ महिला र स्वयं श्रीमान र सासु ससुरा बाटै घरेलु हिँसा सह्न बाध्य छिन रमिता देवी राम । तर पिडित महिलाले आफुमाथी भएको अत्याचारको प्रतिकार गरेपछि भने उनको जिवनमा परिवर्तन आएको छ ।

पर्सा जिल्लाको पटेर्वा सुगौलीमा रहेको बैरिया टोलकि रमिता देवी जो आफनै श्रीमान र सासु ससुराबाट दिनहु शारिरिक र मानसिक यातना झेल्न बाध्य थिइन । पिडित रमिताकी सासुले विवाह भएको दोश्रो बर्ष देखीनै आफ्नी बुहारीलाई आफ्नो श्रीमान (रमिताका ससुरा) संग शारिरिक सम्बन्ध राख्न दवाब दिन थालिन ।
विवाह पछि रमिताले ४ सन्तान लाई जन्म दिइन, ती चारै सन्तान छोरी मात्र भए ।

रमिताले छोरीमात्र जन्माएकोले उनका श्रीमान र सासु ससुरा सबैले मिलेर दिनहु जसो रमिता लाई शारिरिक र मानसिक यातना दिनुका साथै कुटपिट पनि गर्न थाले । पछि रमिताले गाउँमा परामर्शकताबाट थाहा पाइन यस प्रकारको हिसांमा भएमा प्रहरीकोमा गएर उजुरी दिन सकिन्छ भनेर । त्यसपछि उनले हिम्मत जुटाएर सधैंभरीको शारिरिक र मानसिक यातना सहेर बस्नुभन्दा जिल्ला प्रहरी कार्यालय पर्साको महिला सेलमा उजुरी दिने निणर्य गरीन । त्यसपछि उनले सासु,ससुरा र श्रीमान बिरुद्ध घरेलु हिँसामा उजुरी दिइन ।

रमिताले उजुरी दिसकेपछि प्रहरीले पिडक श्रीमान, र सासु ससुरा लाई पक्राउ गरी जिल्लामा ल्याएर अब आइन्दा फेरी यस्तो गल्ती नगर्ने शर्तमा तमसुक कागज बनाएर मिलापत्र गराइयो । अहिले रमिता आफनो घरमा छिन ।

श्रीमानको ब्यवहारमा पनि अहिले केहि सुधार आएको बताउछिन रमिता । रमिता माथी जुन किसिमको घरेलु हिँसा र शारिरिक शोषण गरिएको थियो त्यसबाट उनी निकैनै पिडादायी अवस्थामा पुगीन । उनी आफु मरौ कि बाँचौ के गरौ भनेर सोच्नै नसक्ने बिक्षिप्त अवस्थामा पुगेको बताउदै आफनो अनुभव सुनाईन । सोही बखत उनले आफु जस्तै पिडामा परेकाहरु लाई परामर्श दिने परामर्श केन्द्र पनि हुन्छ भनेर कहिँ कतैबाट थाहा पाईन ।

त्यसपछि उनी आफु र आफनो मनस्थितिका बारेमा जानकारी गराउन दलित महिला केन्द्र नेपालकि परामर्शकता आफ्नो समस्या पोखिन । त्यहाँ उनले केन्द्रका मनोपरामर्शकर्ता निला रामसंग परामर्श लिन थालिन, परामर्श लिन थालेसंगै रमितामा बिस्तारै परिवर्तन आउन थाल्यो ।

परामर्श केन्द्रमा आउदा बोल्नै नसक्ने केहि बताउनै नसक्ने रोइमात्र राख्ने टोलाएर बस्ने अनी केहि सोध्दा डराउने रमितामा परामर्श पछि धेरै परिवर्तन आएको बताउछिन मनोपरामर्शकर्ता निला राम । परामर्श लिदै जाँदा रमितामा अब आफु बाँच्नुपर्छ, यो जिवन अमुल्य छ आफनो छोरीहरुका लागी भएपनि बाँच्नुपर्छ भन्ने सकरात्मक सोचको बिकास भयो ।

अब भने उनी आफु जस्तै घरेलु हिँसामा परेकाहरुको घटनामा आवाज उठाउन सक्ने भएकी छिन । यता जिल्ला प्रहरी कार्यालय पर्साको महिला सेलमा सासु ,ससुरा र श्रीमान बिरुद्ध घरेलु हिँसामा उजुरी दिए पश्चात, प्रहरीको १५ दिनको निगरानी पछि अहिले सासु र ससुराको अभद्र ब्यवहारमा पनि सुधार आएको बताउछिन रमिता ।

अहिले रमिता गाँउमै सिलाई कटाई गरेर आफु र आफनो परिवारको जिविकोपार्जन गर्दैछिन । उनका श्रीमान पनि अहिले दैनिक ज्यालामजदुरी गरेर घरपरिवार लाई सहयोग गर्दैछन ।


सम्बन्धित समाचार