Logo

२६ वैशाख, काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई प्रहरीले पक्राउ गरेको छ । इस्लामाबाद उच्च अदालत बाहिरबाट खानलाई प्रहरीले पक्राउ गरेको बीबीसी हिन्दीले जनाएको छ ।

दर्जनौँ प्रहरीले खानलाई घेरा हालेर गाडीमा राखेको एक भिडियोमा देखिएको छ । खानलाई एक अपराधीलाई जसरी लछारपछार गरेर पक्राउ गरेको खानको पार्टी पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई) ले जनाएको छ ।

खानलाई कुन मुद्दामा हिरासतमा लिइएको हो भन्ने जानकारी अहिलेसम्म प्राप्त भएको छैन ।गएको अप्रिलमा सत्ताबाट निकालिएका खानमाथि केही महिनाअघि भएको एउटा ¥यालीमा गोली प्रहार भएको थियो । उहाँले समयअघि नै चुनावको पक्षमा अभियान चलाउँदै आउनुभएको छ ।


सम्बन्धित समाचार