Logo

२६ असार,वीरगञ्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वासिरा क्षेत्रमा १७ वर्षीय एक युवक मृत अवस्थामा फेला परेका छन्।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार बिहीबार अपराह्न करिब ४:३० बजे स्थानीयवासीले शव देखेपछि प्रहरीलाई जानकारी दिएका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर शव बरामद गरेको थियो।

मृतक कलैया उपमहानगरपालिका–२ दोहरी टोल निवासी जयराम महतोका १७ वर्षीय छोरा आकाश महतो रहेको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको छ।

प्रहरीका अनुसार घटनाको कारण हालसम्म खुल्न सकेको छैन। मृत्युको कारण पत्ता लगाउन आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

परिवारका सदस्यका अनुसार आकाश महतो असार २४ गते बुधबार बिहान कपडा किन्न भन्दै घरबाट निस्किएका थिए। त्यसपछि उनी सम्पर्कविहीन भएका थिए। घटनाबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै