२६ असार, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गणेश नेपालीको आत्मदाह प्रकरणलाई हत्याको संज्ञा दिँदै यसको सम्पूर्ण जिम्मेवारी बालेन्द्र शाह नेतृत्वको सरकारले लिनुपर्ने आरोप लगाएका छन् ।
सरकारले पीडितका नाममा ुस्टन्टबाजीु गरिरहेको भन्दै आक्रोशित बनेका महरले सदनभित्रै सरकार मुर्दावादको नारा समेत लगाएका छन् ।
प्रमुख सचेतक महरले गणेश नेपालीलाई आत्मदाहको बाटो रोज्नका लागि वर्तमान सरकारको कार्यशैली नै जिम्मेवार रहेको जिकिर गरेका छन् । वीर अस्पतालमा पीडित परिवारको अवस्था बिचल्लीमा परेको उल्लेख गर्दै उनले सरकारले राहत र उद्धारको नाटक गर्न छोडेर जनतालाई मार्ने गरी अघि बढेको शैली सच्याउनुपर्ने चेतावनी दिएका छन् ।
उनले बालेन्द्र सरकार जनताको मुक्तिदाता नभई नागरिकको ज्यान लिने दिशामा अग्रसर रहेको दाबी गर्दै सरकारविरुद्ध चर्को नाराबाजी गरेका हुन् ।


















