Logo

 २६असार,काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सञ्चालन नियमावलीविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि असार ३१ गते पेसी तोकिएको छ।

नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभा संसदीय दलमार्फत प्रतिनिधिसभा सञ्चालन नियमावली संविधानविपरीत रहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको हो।

कांग्रेसले १७ जेठमा सत्ता पक्षले बहुमतको बलमा संविधानसँग बाझिने व्यवस्था समेटेर नियमावली पारित गरेको आरोप लगाएको छ। सो नियमावली संविधानको मर्म र व्यवस्थाविपरीत रहेको भन्दै त्यसलाई बदर गर्न अदालतसँग माग गरिएको छ।

कांग्रेसले सत्ता पक्षले संसदीय प्रक्रियामा बहुमतको दुरुपयोग गर्दै संविधानसँग बाझिने नियमावली पारित गरेको र त्यसबाट संवैधानिक मूल्यमान्यता उल्लंघन भएको जिकिर गरेको छ। साथै, यसलाई ‘संवैधानिक छलकपट’ को संज्ञा दिँदै अदालतमार्फत संवैधानिक व्यवस्था संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याएको छ।

सर्वोच्च अदालतले उक्त रिटमाथि प्रारम्भिक सुनुवाइका लागि असार ३१ गतेको पेसी तोकेको छ। अब अदालतको सुनुवाइपछि नियमावलीको संवैधानिक वैधताबारे कानुनी बहस अघि बढ्नेछ।


सम्बन्धित समाचार