Logo

३० असार, काठमडौं । सरकारले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकसमेत हुने गरी नियुक्त गरेको छ ।

मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई निगमको महाप्रबन्धकको समेत जिम्मेवारी दिने नियुक्त गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताउनु भयो ।

यसैगरी बैठकले कृषि मन्त्रालयको प्रस्तावमा ‘ बिउ विजन (पहिलो संशोधन) नियमावली २०८१’ लाई स्वीकृत गर्ने, विपद्को समयमा नागरिकको जिउधनको रक्षाका लागि कार्यक्षेत्रमा खटिने सशस्त्र प्रहरी बलका कर्मचारीहरूको मनोबल उच्च बनाउन सरकारले विशेष निर्णय गरेको छ ।

अबदेखि विपद् खोज तथा उद्धारमा खटिने सशस्त्र प्रहरीका कर्मचारीहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराइने वक्ता पोखरेलले जनाकारी दिनुभयो ।

मन्त्रिपरिषद्ले मिटरब्याज (अनुचित लेनदेन) पीडितहरूको समस्या समाधानका लागि यसअघि गठन भएका विभिन्न आयोगका प्रतिवेदनहरूलाई तत्काल कार्यान्वयनमा लैजाने गरी गृह मन्त्रालयलाई जिम्मेवारी दिएको छ ।


सम्बन्धित समाचार