२ साउन,चितवन । चितवनको खैरहनीमा बुढी राप्ती खोलामा डुबेर एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनी नगरपालिका–८ स्थित बुढी राप्ती खोलामा घोगी टिप्ने क्रममा सोही स्थानका करिब ४० वर्षीय राजाराम ढकाल डुबेका हुन्।
बिहीबार दिउँसो करिब २:३० बजेको समयमा घटना भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खैरहनीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले तत्काल उद्धार गरी ढकाललाई उपचारका लागि भरतपुर सरकारी अस्पताल पठाएको थियो।
अस्पतालमा उपचारका क्रममा दिउँसो ३:४० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



















