Logo

१८ असोज,काठमाडौं । अफगानिस्तानले पाकिस्तानी मुद्राको प्रयोगमा प्रतिबन्ध लगाएको छ । तालिवान सरकारले आफ्नो देशमा पाकिस्तानी मुद्राको प्रयोगमा प्रतिबन्ध लगाएको हो । अफगानिस्तान र पाकिस्तानबीच बढ्दो तनावको प्रभाव मुद्रामा परेको छ ।

अफगान समाचार संस्था खामा प्रेसका अनुसार पाकिस्तानी मुद्रामाथिको प्रतिबन्ध अक्टोबर १ तारिख शनिबारदेखि नै लागू भएको हो ।तालिवान गुप्तचर निकायले अफगानिस्तानमा आर्थिक लेनदेनमा पाकिस्तानी मुद्राको प्रयोगलाई पूर्ण रूपमा प्रतिबन्ध गरिएको घोषणा गरेको छ । यो आदेश तालिवानको सम्पत्ति शुद्धिकरण शाखाले मनी एक्सचेन्ज एशोसिएसनलाई जानकारी गराएको थियो ।

आदेश अनुसार स्थानान्तरण, व्यापार र मुद्रा विनिमयसहित सबै वित्तीय लेनदेनलाई सीमित मात्र नगरी निषेधित गरिएको छ ।गत वर्षको अगष्टमा तालिवानले सत्ता कब्जा गरे यता दुई देशबीचको सम्बन्धमा विभिन्न कारणले तिक्तता आएको छ ।


सम्बन्धित समाचार