Logo

५ साउन, काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्य सामान्य रूपमा उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य परिवर्तनको असरस्वरूप स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यमा वृद्धि देखिएको हो ।

आजको बजार भाउ अनुसार छापावाल सुन प्रतितोला एक हजार रुपैयाँले बढेर २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ भने प्रति १० ग्राम सुनको मूल्य २ लाख ४४ हजार ८ सय ५५ रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुन प्रतितोला २ लाख ८४ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो ।

त्यसैगरी, सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । सोमबार प्रतितोला ४ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बढेर प्रतितोला ४ हजार ३ सय ७० रुपैयाँ पुगेको छ भने प्रति १० ग्राम चाँदी ३ हजार ७ सय ४७ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


सम्बन्धित समाचार