Logo

५ साउन, काठमाडौं । नागरिकहरूमा कर तिर्ने बानी बसाल्ने र राजस्व प्रणालीलाई थप पारदर्शी बनाउने उद्देश्यले सरकारले एक आकर्षक प्रोत्साहन योजना ल्याएको छ ।

अब दैनिक उपभोग्य वस्तु खरिद गर्दा वा होटल तथा रेस्टुरेन्टमा सेवा लिँदा १०० रुपैयाँभन्दा बढीको कारोबारमा अनलाइन वा नगद भुक्तानी गरी आधिकारिक सक्कली बिल लिने जोकोही नागरिकले प्रत्येक दिन एक लाख रुपैयाँसम्म जित्न सक्ने व्यवस्था अर्थ मन्त्रालयले मिलाएको हो । मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भई नियमित रूपमा बिल लिने उपभोक्ताहरू यो योजनामा स्वतः सहभागी हुन पाउनेछन् ।

अर्थ मन्त्रालयका अनुसार नागरिकहरूले खरिद गर्दा प्राप्त गर्ने बिल नम्बरको आधारमा नै हरेक महिनाको १६ गते र मसान्त (पाक्षिक रूपमा) लखपति विजेताहरूको घोषणा गरिनेछ ।

सर्वसाधारणमा कर तिर्ने संस्कृतिको विकास गर्नुका साथै बिना बिल कारोबार गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न चालू आर्थिक वर्षदेखि यो नीति कार्यान्वयनमा ल्याइएको सरकारले जनाएको छ ।

आवरण तस्विरः एआई जेनेरेट


सम्बन्धित समाचार