Logo

५ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले शिक्षा क्षेत्रमा लगाइएको ३ प्रतिशत कर (समता शुल्क) खारेज गरेलगत्तै शिक्षा मन्त्री सस्मित पोखरेलले निजी विद्यालय सञ्चालकहरूलाई मन्त्रालयमा छलफलका लागि बोलाएका छन् ।

मंगलबार अपराह्न ४ बजेका लागि बोलाइएको उक्त बैठकमा कर हटाइएको विषयसहित समसामयिक शैक्षिक मुद्दाहरूमाथि छलफल हुने मन्त्रीको सचिवालयले जनाएको छ । छलफलका लागि प्याप्सन, एनप्याब्सन र हिसानसहितका निजी विद्यालय सञ्चालकहरूलाई प्रति संस्था ३ जनाका दरले प्रतिनिधि पठाउन भनिएको छ ।

प्याप्सनका महासचिव आरबी कटुवालले पनि शिक्षा समता कर र अन्य समसामयिक विषयमा कुराकानी गर्न मन्त्रालयबाट जानकारी आएको पुष्टि गरेका छन् । सरकारले करको निर्णय फिर्ता लिएलगत्तै भएको यस उच्चस्तरीय बैठकलाई चासोका साथ हेरिएको छ ।


सम्बन्धित समाचार