Logo

६ साउन, काठमाडौं । लगातार छ कारोबार दिनसम्म उकालो लागेको सेयर बजारमा बुधबार १३।९५ अंकको गिरावट आएको छ, जससँगै नेप्से परिसूचक २७१२ अंकमा सीमित भएको छ ।

दिनभर नै बजार नकारात्मक देखिएको यस दिन कारोबार रकम पनि घटेर ५ अर्ब १८ करोड रुपैयाँमा खुम्चिएको छ, जबकि अघिल्लो दिन ६ अर्ब ६७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

कारोबारमा आएका कम्पनीहरूमध्ये ७७ वटाको सेयरमूल्य बढेको छ भने १९३ वटाको घटेको छ र ७ वटाको स्थिर रहेको छ ।

समूहगत रूपमा फाइनान्स र उत्पादन तथा प्रशोधन समूह सामान्य बढे पनि व्यापार समूह सबैभन्दा धेरै २.६० प्रतिशतले घटेको छ भने बैंकिङ, जलविद्युत्, जीवन तथा निर्जीवन बीमासहितका अन्य अधिकांश समूहहरू पनि राताम्मे भएका छन् ।


सम्बन्धित समाचार