Logo

६ साउन, काठमाडौं । मुगुका २५ वर्षीय युवक गणेश नेपालीको आत्मदाहबाट मृत्यु भएको घटनाबारे सत्यतथ्य पत्ता लगाउन सरकारले न्यायिक समिति गठन गरेको छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा वीर अस्पतालमा निधन भएको नेपालीको घटनाबारे सत्यतथ्य पत्ता लगाउन सरकारले न्यायिक समिति गठन गरेको हो ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त मर्मस्पर्शी घटनाको गहिरो छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश केशवप्रसाद बाँस्तोलाको अध्यक्षतामा न्यायिक समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन् ।


सम्बन्धित समाचार