Logo

४ साउन, काठमाडौं । बैंकिङ कसुर तथा कर्जा दुरुपयोगसम्बन्धी मुद्दामा फरार रहेका शंकर ग्रुपका अध्यक्ष तथा प्रख्यात व्यवसायी शंकर लाल अग्रवाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले डिल्लीबजारबाट पक्राउ गरेको छ ।

सीआईबीका एसएसपी अनुपम शमशेर जबराले दिएको जानकारी अनुसार अग्रवाल लामो समयदेखि अदालतमा विचाराधीन रहेको यस मुद्दामा फरार सूचीमा थिए र पक्राउ परेलगत्तै उनलाई उच्च अदालत पाटनमा उपस्थित गराउने तयारी भइरहेको छ ।

व्यापारिक घरानाका प्रमुख अग्रवाल यसअघि पनि गत २०८२ चैत महिनामा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका थिए र सोही प्रकरणमा केही समयपछि छुटेका थिए। हाल सीआईबीले कर्जा दुरुपयोगको विचाराधीन मुद्दालाई अगाडि बढाउँदै उनलाई कानुनी दायरामा ल्याएको हो ।


सम्बन्धित समाचार