Logo

७ साउन, काठमाडौं । मुलुकभर बाढी, पहिरो तथा विभिन्न किसिमका प्राकृतिक प्रकोपका घटनाहरूले गम्भीर क्षति पुर्‍याइरहेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार गत वैशाख १ गतेयताको तीन महिनाको अवधिमा देशका विभिन्न स्थानमा कुल २ हजार ३६१ वटा विपद्जन्य घटनाहरू घटेका छन् ।

यस तीन महिनाको अवधिमा भएका यी विभिन्न प्रकोपका घटनाहरूमा परी १ सय ७३ जना नागरिकले ज्यान गुमाइसकेका छन् भने २ जना बेपत्ता रहेका छन् । यसैगरी, विपद्का यी घटनाहरूमा परि १ हजार २ सय ८७ जना भन्दा बढी घाइते भएको र यसबाट ४ हजार ८ सय ६९ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएको प्राधिकरणले जनाएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै देशका विभिन्न क्षेत्रमा भएका ४७ वटा विपद्जन्य घटनामा २ जनाको मृत्यु हुनुका साथै १ करोड ९० लाख रुपैयाँ बराबरको धनमालको क्षति भएको छ ।


सम्बन्धित समाचार