Logo

७ साउन, काठमाडौँ । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालको कुल वैदेशिक व्यापारको आकार १५ दशमलव ८८ प्रतिशतले बढेर २४ खर्ब ११ अर्ब ६६ करोड ९५ लाख ४५ हजार रुपैयाँ पुगेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको वार्षिक तथ्यांकअनुसार २०८२ साउनदेखि २०८३ असार मसान्तसम्मको यो व्यापार हालसम्मकै उच्च हो, जुन अघिल्लो वर्ष २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख ३३ हजार रुपैयाँ बराबरको थियो ।

समीक्षा अवधिमा नेपालको कुल आयात १६ दशमलव २० प्रतिशतले बढेर २० खर्ब ९६ अर्ब ३७ करोड ९० लाख ७० हजार रुपैयाँ पुगेको छ भने निर्यात १३ दशमलव ८१ प्रतिशतले बढेर ३ खर्ब १५ अर्ब २९ करोड ४ लाख ७४ हजार ५ सय रुपैयाँमा सीमित भएको छ ।

आयातको तुलनामा निर्यातको वृद्धिदर सुस्त रहेका कारण कुल वैदेशिक व्यापार घाटा अघिल्लो वर्षको तुलनामा १६।६३ प्रतिशतले बढेर १७ खर्ब ८१ अर्ब ८ करोड ८५ लाख ९६ हजार रुपैयाँ पुगेको विभागले जनाएको छ ।


सम्बन्धित समाचार