८ साउन, काठमाडौं । बंगलादेशमा राजनीतिक हलचलबीच ठूलो परिवर्तन आएको छ ।
बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका छन् । लामो समयदेखि जारी राजनीतिक उतारचढाव र पछिल्ला विकसित घटनाक्रमहरूबिच राष्ट्रपति शाहाबुद्दिनले देशको सर्वोच्च पदबाट राजीनामा दिने निर्णय लिएका हुन् ।
उनको राजीनामासँगै बंगलादेशको राजनीतिक वृत्तमा नयाँ बहस र तरङ्ग पैदा भएको छ भने आगामी राजनीतिक दिशा कसतर्फ मोडिने हो भन्नेबारे चासो बढेको छ ।




















