बिहार सरकारका पूर्वमन्त्री तथा जनशक्ति जनता दलका नेता तेजप्रताप यादव पक्राउ परेका छन् ।
उनलाई शनिवार राति पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएको हो । शनिबार राति पक्राउ गरिएका उनलाई १४ दिनको न्यायिक हिरासतमा राख्न पटनाको बेउर जेल पठाइएको छ।
तेजप्रताप यादवले जुलाई २५ मा पटनामा आयोजित बिहार बन्दमा भाग लिएका थिए। यस क्रममा उनलाई प्रहरीले केही समय हिरासतमा लिएको थियो तर पछि रिहा गरेको थियो।
तेजप्रताप यादवका वकिल जगन्नाथ सिंहका अनुसार धारा १०९ र सरकारी काममा अवरोध पुर्याउनेसम्बन्धी धाराअन्तर्गत मुद्दा चलाइएको छ।
तेजप्रताप यादवले हालै सामाजिक सञ्जालमार्फत ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेलाई बिहारमा आन्दोलन सुरु गर्न अपिल गरेका थिए।




















