Logo

११ साउन, काठमाडौं । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै आफ्नो खुद नाफा, खुद ब्याज आम्दानी तथा लाभांश क्षमतामा उल्लेख्य सुधार भएको जनाएको छ ।

विवरण अनुसार समीक्षा अवधिमा बैंकले ३ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको २ अर्ब ५७ करोड रुपैयाँको तुलनामा ३८.०१ प्रतिशतले बढी हो ।

बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ३५ करोड रुपैयाँबाट बढेर ६ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ५ अर्ब १६ करोड रुपैयाँ कायम भएको छ । यसैगरी, नियमनकारी समायोजनपश्चात् असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा २ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ। बैंकको चुक्ता पुँजीका आधारमा प्रतिशेयर वितरणयोग्य नाफा २० रुपैयाँ ८५ पैसा कायम भएकाले लगानीकर्ताका लागि आकर्षक लाभांश दिने बलियो आधार तयार भएको छ ।

वित्तीय विवरण अनुसार बैंकको व्यावसायिक आकारमा पनि विस्तार भएको छ । समीक्षा अवधिमा बैंकको कुल निक्षेप २ खर्ब ४९ अर्ब रुपैयाँ र कर्जा प्रवाह १ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ। खराब कर्जा ३ दशमलव ०१ प्रतिशतबाट घटेर २ दशमलव ८७ प्रतिशतमा झर्नुले जोखिम व्यवस्थापनमा सुधार देखिए पनि घट्दो ब्याजदर अन्तर (स्प्रेड दर) र व्यावसायिक सुस्ततालाई बैंकले प्रमुख चुनौतीका रूपमा लिएको छ ।


सम्बन्धित समाचार