Logo

६ जेठ,बारा । बालिका बलात्कार गरि फरार रहेका एक युवकलाई बारा प्रहरीले पक्राउ गरेको छ । बाराको आदर्शकोतवाल गाँउपालिका–३ घटनियाका २५ वर्षिय बिशोरी बैठालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराले दिएको जानकारी अनुसार गत ०७९ साल कात्र्तिक १६ गते राती बैठा र उनका साथीले शौच गर्न गएकी गाँउकै १३ वर्षिया बालिकालाई बलात्कार गरेका थिए । घटनालगत्तै फरार भएका बैठालाई काभ्रे जिल्लामा लुकिछिपी बसेको अवस्थामा हिजो जेष्ठ ५ गते पक्राउ गरिएको बाराका प्रहरी नायब उपरीक्षक डिएसपी पुरुषोत्तम पाण्डेले बताउनुभयो ।

घटनामा संलग्न अर्का एकजना अझै पनि फरार रहेकाले उनकोे पनि खोजी कार्य भईरहेको र पक्राउ परेका बैठालाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार