Logo

१० जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौले जिल्ला अदालत काठमाण्डौमा मुद्दा दर्ता गरेको छ ।

बुधवार सरकारी वकिल कार्यालयले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने ठगी प्रकरणमा ३० जना प्रतिवादीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमा अभियोग पत्र दर्ता गराएको हो । उनीहरूविरुद्ध ठगी, सरकारी कागजात किर्ते, राष्ट्रहितविरुद्धको कसुर र सङ्गठित अपराध मुद्दामा कारबाही गर्न माग गरिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री एवम् कांग्रेस नेता बालकृष्ण खाण, पूर्वउपप्रधानमन्त्री एवम् एमाले नेता टोपबहादुर रायमाझी, पूर्वसभासद आङटावा शेर्पा, गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलगायत ३० जनाविरुद्ध मुद्दा दर्ता भएको हो । मुद्दा दर्ता गरिएकामध्ये १६ जना पक्राउ परेका छन् भने १४ जना फरार छन् ।


सम्बन्धित समाचार