Logo

१४ जेठ,वीरगञ्ज । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपीहरूको बयान आज पनि हुँदैछ ।काठमाडौँ जिल्ला अदालतको २५ नम्बर इजलास न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा आरोपीहरूको बयान निरन्तर हुनेछ ।

शुक्रवार केशव प्रसाद दुलाल र सागर राईको बयान सकिएको थियो ।
बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगी धन्दा चलाएको आरोपमा १७ जना थुनामा छन् । अदालतमा बयान पुरा हुन कम्तीमा ६ दिन लाग्ने बताइएको छ ।

न्यायाधीश न्यौपानेको इजलासमा शुक्रवार दुईजना इजलास अधिकृतहरूले बयान गराएका थिए । आइतबार इजलास अधिकृत थपेर थप एक जनाको बयान लिने तयारी भइरहेको जिल्ला अदालत काठमाडौले जनाएको छ ।


सम्बन्धित समाचार