Logo

१८ जेष्ठ, वीरगञ्ज । पोल्ट्री व्यवसायी तथा नेपाली कांग्रेस चितवनका निवर्तमान कोषाध्यक्ष शंकर कँडेलको आत्महत्या दुरूत्साहन मुद्दामा पक्राउ परेका जीवन रावललाई बिहीबार चितवन जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

कँडेल मृत्यु सम्बन्धमा परिवारले रावलका साथै वीरगञ्जका रुंगटा गु्रपका संचालक व्यवसायी प्रदीप रूगटाविरूद्ध पनि आत्महत्या दुरूत्साहन मुद्दामा उजुरी दिएको थियो । वीरगञ्जका व्यवसायी प्रदीप रूगटा फरार छन् ।

चितवन जिल्ला अदालतमा बुधवार देखि बहश शुरु भएको थियो । हिजो भएको बहश नसकिएपछि विहिबार समेत मुद्धा हेर्दा हेदैमा राखेर बहश जारी राखिएको थियो । चितवन जिल्ला अदालतका न्यायाधीश मातृका आचार्यको इजलाशले ले रावललाई पुर्पक्षको लागि जेल चालन गर्ने आदेश गरेको हो ।

अदालतको आदेश लगत्तै रावललाई भरतपुर कारागार चलान गरिएको छ । उक्त घटनामा संलग्न भएको आरोप लागेका वीरगञ्जका व्यवसायी प्रदीप रूगटा अदालतमा उपस्थित भएका बखत बयान लिएर उनका लागि पनि बहस र थुनछेक आदेश हुने चितवन जिल्ला अदालतले जनाएको छ । प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत फरार व्यक्तिलाई अदालतमा हाजिर गराउने शाखा अधिकृत पुनले बताए । आदेश चित्त नबुझे माथिल्लो अदालतमा निवेदन दिन पाउने व्यवस्था पनि छ ।

चितवन प्रहरीका अनुसार वीरगञ्जका व्यवसायी रुंगटा भारतमा लुकेर बसेको हुन सक्ने सूचना आइरहेको भएपनि कुन ठाउँमा लुकेको हो भन्ने यकिन हुन नसकेको जनाएको छ । प्रहरीले उनको खोजतशाल भइरहेको जनाएको छ ।

कँडेल एक महिनाअघि वैशाख १९ गते साँझ नारायणगढ बेलचोकमा रहेको अनमोल फिडको कार्यालय भवनमा मृत फेला परेका थिए ।

मृतक शंकर कंडेल

आत्महत्या दुरूत्साहनका आरोपित रूगटाले कँडेल सञ्चालक रहेको अनमोल फिड गत चैतमा किनेका थिए । रावल सोही फिडका कर्मचारी हुन् । उजुरी परेका दुवै जनाविरूद्ध मंगलबार पाँच वर्ष कैद र ५० हजार रूपैयाँ जरिवाना मागदाबी गरेर चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

बुधबारदेखि सो मुद्दामा थुनछेक आदेशका लागि बहस सुरू हुँदा कँडेलका शुभचिन्तक र स्थानीयले अदालत अगाडि प्रदर्शन गरेका थिए ।


सम्बन्धित समाचार