Logo

२१ जेठ,वीरगञ्ज । पर्सामा ५ लाख २९ हजार ८३ जना हिन्दू धर्मावलम्बीहरुको बसोबास रहेको छ । जिल्लामा हिन्दू, बौद्ध, इस्लाम, किरात, ईसाई, जैन र सिख धर्म मान्नेहरुको बसोबास छ ।

राष्ट्रिय तथ्याङ् विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को नतिजाअनुसार पर्सा जिल्लामा ८०.८४ प्रतिशत हिन्दू धर्मावलम्बीहरुको बसोबास रहेको छ । त्यस्तै जिल्लामा १ लाख १६ हजार ५०५ जना इस्लाम धर्मावलम्बीहरु छन् । विभागका अनुसार जिल्लामा १७ दशमलव ८० प्रतिशत इस्लाम धर्मालम्बीको बसोबास छ । बौद्ध धर्म मान्नेहरुको संख्या भने ७ हजार ९२२ र इसाई धर्मालम्बीको संख्या ७७८ रहेको विभागको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै वीरगञ्ज महानगरमा मात्रै २ लाख १४ हजार ७३७ जना हिन्दू धर्मावलम्बीको बसोबास छ । भने ५६ हजार ६०४ जना इस्लाम धर्मावलम्बीको बसोबास रहेको छ । यस्तै महानगरमा बौद्ध धर्मावलम्बीको संख्या ७१० जना छ । बौद्ध धर्मावलम्बीको संख्या सबैभन्दा बढी पर्साको ठोरी गाउँपालिकामा रहेको तथ्याङकमा उल्लेख छ । सो क्षेत्रमा ५ हजार १७ जना बौद्ध धर्म मान्नेहरुको बसोबास छ भने ठोरीमै हिन्दू धर्मावलम्बीको संख्या जिल्लामै सबैभन्दा न्युन छ ।

यसैगरि बहुदरमाई नगरपालिकामा ३७ हजार ३१९ जना, पर्सागढी नगरपालिका ३४ हजार ८८८ र पोखरिया नगरपालिकामा ३२ हजार ३१ हिन्दू धर्म मान्नेहरुको बसोबास छ । यता धोबिनी गाउँपालिकामा १७ हजार ७५८, पकाहमैनपुर गाउँपालिकामा १९ हजार ३०९, कालिकामाई गाउँपालिकामा १९ हजार ८५६, पटेर्वासुगौली गाउँपालिकामा २१ हजार ४८, जिराभवानीमा २१ हजार १०२, बिन्दबासिनीमा २१ हजार ६८५, छिपहरमाईमा २२ हजार ७८४, जगरनाथपुरमा २४ हजार ५०४ र सखुवाप्रसौनीमा २७ हजार ७०८ जना हिन्दू धर्मावलम्बी छन् ।


सम्बन्धित समाचार