Logo

२१ जेठ,वीरगञ्ज । भारतको ओडिसामा रेल दुर्घटनामा परेकाहरूको उद्धार कार्य सम्पन्न भएको छ । ओडिसामा शुक्रवार बेलुका भएको दुर्घटनामा अहिलेसम्म २ सय ८८ जनाको ज्यान गएको छ । आठ सय जनाभन्दा धेरै घाइते भएका छन् ।

दुर्घटनास्थलमा फसेका सबै यात्रु तथा घाइतेलाई त्यहाँबाट निकालिएको उद्धारकर्मीले बताएका बीबीसी हिन्दीले जनाएको छ । उद्धारको काम सकेर दुर्घटनास्थलमा पुनर्निर्माणको काम सुरु भएको रेल मन्त्रालयले जनाएको छ । दुई वटा रेल एकआपसमा ठोक्किएका थिए ।

ती रेलमा झण्डै दुई हजार जना यात्रु थिए । हिजो प्रधानमन्त्री नरेन्द्र मोदीले घटनास्थलको भ्रमण समेत गर्नुभएको थियो । त्यसक्रममा उहाँले घटनामा दोषी पाइएकालाई कडा सजाय दिइने प्रतिबद्धता जनाउनुभएको छ ।

 


सम्बन्धित समाचार