Logo

२१ जेठ,वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय बाराले नयाँ नागरिकता ऐनअनुसार चाँडै नागरिकता वितरण गर्ने भएको छ । बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले आइतबारदेखि नै वितरण गर्ने तयारी भए पनि थप केही तयारीहरु गर्नुपर्ने भएकाले साँझसम्म सूचना जारी गरेर छिटै नागरिकता वितरण गरिने जानकारी दिनुभयो ।

उहाँले गृह मन्त्रालयबाट परिपत्र आइसकेकोले नयाँ नागरिकता ऐनअनुसार चाँडै जिल्ला प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्ने गरी सूचना जारी गर्न लागेको बताउनुभयो ।

यस्तै, रौतहटमा पनि सोमबारबाट नै नयाँ ऐनअनुसार नागरिकता वितरण गरिने भएको छ । आइतबार आवश्यक तयारी पूरा गरी सूचना जारी गरेर सोमबार नै नागरिकता वितरण गरिने रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी मणिभूषण साहले जानकारी दिनुभयो ।

नयाँ ऐनअनुसार चाहिने कागजातहरुको बारेमा जिल्लाका सबै पालिका र वडाहरुमा पत्र पठाइएर जानकारी गराइने र त्यसपछि सोमबारबाट नागकिरता वितरण हुने उहाँको भनाई थियो ।


सम्बन्धित समाचार