Logo

२२ जेठ,वीरगञ्ज । वीरगञ्जमा मिडिया फेलोशिपबारे एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

यूएसएआईडि, सिभिल सोसाईटी एण्ड मिडिया स्ट्याण्ड, द एसिया फाउन्डेसनको सहयोग र हाम्रो अभियानको आयोजनामा वीरगञ्जस्थित आर्दशनगरको एक होटलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बारा, पर्सा र रौतहट जिल्लाका १० पत्रकारहरुसँग अन्र्तक्रिया गरिएको थियो । फेलोशिप ७ महिनासम्म चल्ने आयोजकले जनाएको छ ।

सो अवधिभर पत्रकारहरुले महिला, युवा, सिमान्कृत वर्गमा केन्द्रित भई काम गर्नुपर्ने अभियानका अध्यक्ष शिवनाथ यादवले जानकारी दिनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, सामाजिक अभियन्ता प्रकाश थारु, दलित महिला अगुवा निला राम लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । तिनै जिल्लाका पत्रकारले अभिमुखीकरणबारेमा आ–आफ्नो भनाई राखेका थिए । कार्यक्रम बिहान ८ बजे देखि दिउँसो ३ बजे सम्म चलेको थियो ।


सम्बन्धित समाचार