२३ जेठ,सेढवा । पर्साको कालिकामाई गाउँपालिकामा एयर गनले लागेर एकजना बालक घाईते भएका छन् । कालिकामाई गाउँपालिका–५ बस्ने अन्दाजी ११ वर्षीय बालक श्यामसुन्दर महतो केवट घाईते भएका हुन् ।
आँप टिपेको विषयमा विवाद हुदाँ सोही स्थानका ४५ वर्षीय बलिराम तिवारीले हानेको एयर गनले लागेर बालक आज दिउँसो घाईते भएका थिए । घाईते बालकको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भईरहेको पर्साका प्रहरी उपरिक्षक कोमल बिक्रम शाहले जानकारी दिनुभयो ।
गोली प्रहार गरेपश्चात तिवारी फरार रहेको र उनको खोजी कार्य भईरहेको प्रहरी उपरिक्षक शाहले बताउनुभयो ।

















