Logo

२४ जेठ,काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेताहरूको जिम्मेवारी तोकेको छ । दुई महिने मिसन ग्रासरुट अभियान सकेको नेकपा एमालेले अर्को एक वर्षे अभियान सुरु गर्ने घोषणा गर्दै नेताहरूको जिम्मेवारी तोकेको हो ।

२०८१ जेठसम्म सञ्चालन हुने अभियानका लागि नेताहरुको जिम्मेवारी तोकिएको हो । नयाँ जिम्मेवारी तोक्दा नेताहरूको जिम्मेवारीमा ब्यापक हेरफेर गरिएको छ ।
केही बाहेक लगभग सबै केन्द्रीय नेताहरुले जिम्मेबारी पाएका छन् । केन्द्रीय नेताहरुको जिम्मेवारी समेटेर मंगलबार एमाले अन्तरपार्टी निर्देशन (अपानि–७) पठाएको छ ।

अपानिमा केन्द्रीय पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय सदस्यहरुको जिम्मेवारी तोकिएको छ । एमालेले पार्टी उपाध्यक्ष र उपमहाचिवहरुलाई विभागको जिम्मेवारी दिएको छ ।
पार्टी सचिवहरुलाई मधेश इन्चार्ज, स्थायी कमिटी र पोलिटब्यूरोलाई जिल्ला इन्चार्ज र केन्द्रीय सदस्यहरुलाई पालिका इन्चार्ज बनाएको छ । एमालेले सहइन्चार्जको व्यवस्था भने हटाएको छ ।

10th Congress Apani 7 Final (1)


सम्बन्धित समाचार