Logo

२६ जेठ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले महानगर अन्र्तगतका विद्यालयमा थप एक साताका लागि गर्मी बिदा दिएको छ । गर्मी कम हुनुको सट्टा झनै बढ्दै गएपछि आज सूचना जारी गरेर महानगरले महानगर अन्र्तगत रहेका सम्पूर्ण सामुदायिक तथा सस्थांगत विद्यालय थप एक साता बन्द गर्ने निर्णय गरेको हो ।

यसअघि बढ्दो गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पुगेको भन्दै वीरगञ्ज महानगरपालिका नगरपालिकाको कार्यालयले जेठ १९ गतेदेखि जेठ २६ गते शुक्रबार आजसम्म महानगरमा रहेका बालविकासदेखि कक्षा १२ सम्मको पठनपाठन हुने सबै सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गरेको थियो ।

तापक्रम घट्नुको सट्टा झन् बढ्दो अवस्थामा रहेकाले वर्षे विदामा कट्टा हुने गरि थप एक साता अर्थात असार १ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्णले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार