Logo

फाइल तस्बिर

२६ जेठ,सेढवा । अत्याधिक गर्मिका कारण पर्साको ग्रामीण भेगका बासिन्दाको जनजीवन कष्टकर बन्दै गएको छ । लामो समयदेखि बर्षा नहुदाँ तथा चर्को घामसँगै चलेको तातो हावाको कारण स्थानिय बासिन्दाको जनजीवन कष्टकर बन्दै गएको हो ।

पर्साको ग्रामीण भेगको जितपुर–रङ्गपुर जनता सडक अहिले अत्याधिक गर्मिका कारण मध्यान्हमा मानिस तथा स्वारी साधनहरु नचल्दा सुनसान देखिने गरेको छ ।
अत्याधिक गर्मी तथा मध्यान्हमा तातो हावा चल्दा यसबाट सबैभन्दा बढि बालबालिका तथा वृद्धवृदा र दैनिक ज्यालादारी गरि जीवन निर्वाह गर्दै आईरहेका मजदुरहरु प्रभावित भएका छन् ।

पर्सागढि नगरपालिका वडा न ३ निवासि दैनिक ज्यालादारी गरि जीवन निर्वाह तथा सात जनाको परिवार पाल्दै आईरहेका शिवलाल माझिले अत्याधिक गर्मी बढेसँगै काम गर्न जान छाडेको बताउनुभयो ।
गर्मीकै कारण काममा जाँदा टाउको दुख्ने, चक्कर लाग्ने, कमजोर महसुस हुने गरेको उहाँको भनाई थियो । काम गर्न जान नसक्ने र घर बस्दा विना आम्दानी परिवार पाल्न धौधौ परेको भन्दै उहाँले दुखेसो पोख्नुभयो ।

अत्याधिक गर्मी बढे संगै पर्सागढि नगरपालिका लगायत ग्रामीण भेगका सामुदायिक तथा सस्थांगत विद्यालयमा एक साता गर्मी बिदा दिईएकोमा आजदेखि पर्सागढिका सम्पुर्ण विद्यालयमा गर्मी घट्नुको सट्टा अझै बढ्दै गएपछि ३ दिन बिदा थप गरिएको छ । पर्सागढिले आज सूचना निकालेर थप तिनदिनको बिदा दिने निर्णय गरेको हो ।

यस्तै पर्साको जगनाथपुर गाँउपालिकाले पनि गर्मी बिदा थप गरेको छ । वर्षे बिदामा कट्टा हुने गरि आजबाट असार १ गतेसम्मका गाउँपालिका अन्र्तगतका सम्पूर्ण सामुदायिक तथा सस्थांगत विद्यालयमा गर्मी बिदा दिईएको पालिकाले सूचना जारी गरि जानकारी दिएको हो ।


सम्बन्धित समाचार