Logo

२६ जेठ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिमा रहेको भेडाहा खोलामा बाँध निर्माण गर्नेक्रममा निजी जग्गामा पनि बाँध निर्माण गर्दा जग्गाधनीलाई सोको मुआब्जा दिनुपर्ने सर्बोच्च अदालतले आदेश दिएको छ ।महानगरमा रहेको भेडाहा खोलामा बाँध निर्माण गर्ने ठेक्का पाएको ठेकेदारले बाँध निर्माण गर्दा स्थानीयको निजी जग्गासमेत बाँधमा नै पर्ने भएकाले निजी जग्गामा बाँध निर्माण गर्दा जग्गाधनीलाई मुआब्जा दिन सर्बोच्च अदालतले आदेश दिएको होे ।

भेडाहा खोलामा भईरहेको बाँध निर्माणलाई लिएर रामाकान्त साहले दायर गराएको उत्प्रेरण मुदाको सुनुवाई गर्दै न्यायधिशद्वय ईशवर प्रसाद खतिवडा र प्रकाशमान सिँह राउतको सँयुक्त ईजलाशले यस्तो आदेश दिएको हो । ‘यसमा निजी हकभोग दर्ताको जग्गा समेत पर्ने गरि तटबन्धको निर्माण गरिने भएको अवस्थामा निजी सम्पतिलाई सार्बजनिक उपभोगमा ल्याउदा जग्गाधनीलाई मुआब्जा वा क्षतिपुर्ति दिनुपर्ने हुन्छ’,सर्बोच्चको आदेशमा भनिएको छ ।साथै अदालतले निजी सम्पतिमा नगरपालिकालाई हस्तक्षेप समेत नगर्न भनेको छ ।

भेडाहा खोलामा बाँध निर्माण र क्षतिपुर्ति प्रदान गर्ने समबन्धि काम कारवाही सामानान्तर रुपमा नै हुन सक्ने सर्बोच्चले दिएको आदेशमा बताइएको छ ।मुदाको सुनुवाई गर्र्दै अहिले बाँध िनिर्माणको बिषयमा अन्तरिम आदेश जारी गर्नु नपर्ने समेत सबोच्चले जनाएको छ । वीरगञ्ज महानगरपालिकाको ग्रामीण भेगमा पर्ने भेडाहा खोलामा बाँध निर्माण गर्नको लागि महानगरले ०७९ साल भदौ २ गते २४ करोड ६३ लाख ५ हजार ५४७ रुपैया ९४ पैसामा ठेक्का लगाएकोे थियमे ।बाँध निर्माणको ठेक्का रमन बिकाश जेभी वीरगञ्जले लिएको छ ।

आगामी असार २० गतेसम्म खोलामा बाँध निर्माण गरिसक्नुपर्ने म्याद रहेको छ ।भेडाहा खोलामा बाँध निर्माण गर्दा वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २२,२८,३० र वडा नम्बर ३१ का स्थानीयबासीहरुको सयौ बिगाहा जग्गामा बाँध निर्माण गरिने भएपछि स्थानीयबासीहरु बिरोध गरेका थिए ।

उनीहरुले बिरोध स्वरुप महानगरपालिकामा ज्ञापन सहित ध्यानाकर्षण समेत गराएका थिए ।तर,पनि ठेकेदार कम्पनीले अटेर गरि बाँध निर्माणको काम गर्दै आएको थियो ।बाँध निर्माण गर्दा स्थानीयको जग्गा बाँधमा नै पर्ने भएपछि कुनैपनि हालतमा आफनो निजी जग्गामा बाँध निर्माण गर्न नदिने बताउदै आएका छन् । उनीहरुले सँघर्ष समिति नै बनाएर बाँध निर्माणको बिरोधमा छनु् ।

भेडाहा खोलामा बर्षेणी आउने बाढीले गर्दा महानगरका ग्रामीण भेगका हजारौ बिगाहा बाली नष्ट गर्ने गरेको छ । महानगरले पनि खोलामा बाढी आउने भएपनि खोलाबाट गिटी बालुवाको ठेक्का लगाउन पनि रोकेको छैन ।अहिले पनि खोलाको ठेक्का पाएको ठेकेदारले धमाधम गिटी बालुवा निकाल्दै आएको छ ।


सम्बन्धित समाचार