Logo

२७ जेठ,वीरगञ्ज । प्रभु साह नेतृत्वका आम जनता पार्टीको भातृसंगठन आम ट्रेड युनियन महासंघ र नेपाल क्रान्तिकारी ट्रेड युनियन फेडरेशनबीच एकता भएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा दुुवै संगठनहरुबीच ऐतिहासिक एकता भएको हो ।
भ्रष्ट दलीय तन्त्रको अन्त्य गरी आम श्रमजीविवर्गको सत्ता स्थापित गर्ने उद्देश्य र लक्ष्य सहित श्रमिकहरुको पेशागत हकहितको लागि संघर्ष गर्ने उद्देश्यले आम ट्रेड युनियन महासंघका अध्यक्ष धनमाया मगर र नेपाल क्रान्तिकारी ट्रेड युनियन फेडरेशनका संयोजक शिव थापा नेतृत्वको दुवै संगठनबीच एकता भएको जनाएको छ ।

एकतापछिको संगठनको नाम ‘आम ट्रेड युनियन फेडरेसन’ रहनेछ । नेपाल क्रान्तिकारी ट्रेड युनियन फेडरेशनको तर्फबाट एकजना सहअध्यक्ष, ३ जना उपाध्यक्ष र २१ जना केन्द्रीय सदस्य सहित ७५ सदस्यीय केन्द्रीय समिति रहने जनाएको छ । जनवादी केन्द्रीयताका आधारमा संगठन संचालन गर्ने र ६ महिनाभित्रमा महाधिवेशन सम्पन्न गर्ने सहमति भएको छ ।


सम्बन्धित समाचार