Logo

२७ जेठ,वीरगञ्ज । जनमत पार्टीका अध्यक्ष डा.सिके राउत आफू मधेसको हालत हेर्न नसकेर राजनीतिमा जागिर छाडेर आएको बताएका छन्। वीरगञ्जमा शनिबार आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

मधेस र मधेसी जनताको बिकाश लागि ज्यान थापेर नै जागिर छाडेर राजनितीमा आएको उनले बताए ।मधेसको हक अधिकारको लागि बोल्दा आवाज उठाउदा बिगतमा थुप्रै बाधाहरु सहनुपरेको बताउदै राउतले जनमत पार्टी पद र पैसाको लागि नबनेको जानकारी दिए ।जनताको बिकाशको लागि जनमत पार्टी बनेकाले अन्य पार्टीको जस्तो आफनो पार्टी नभएको बताउदै उनले जनमत पार्टीको सँगठन वडा वडामा गएर बिस्तार गर्न पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए ।

‘जनमत पार्टी अन्य पार्टी जस्तो साँसद हुन,पद लिन,पैसाको लागि बनेको पार्टी होईन,उनले भने,जनमत पार्टी यस्तो पार्टी हो जसले आन्दोलन लाई अहिले पनि बाँकी राखेको छ र साथमा लिएर हिँडेको छ।’जनमत पार्टीमा आत्सम्मान भएकोले निर्धक्क भएर कार्यकर्तालाई जनताको बिकाशको लागि आन्दोलन गर्न तयारी अवस्थामा रहन पनि राउतले बताएका थिए।

अहिलेको अवस्थामा पार्टीलाई एउटा मात्रै मन्त्री पद पाएर त्यसमा पार्टी अध्यक्ष नै जाने गरेको बताउदै उनले जनमत पार्टीले भने अध्यक्षलाई नभई अन्यलाई मन्त्री बनाएको जिकिर गरे।

जनमत पार्टीमा प्रवेश गर्नेहरुमा संघीय सरकरको पुर्व कृषिराज्य मन्त्री एंव संविधानसभा सदस्य करिमा बेगम , नेकपा एकीकृत समाजवादीका नेता एंव पुर्व प्रदेशसभा सदस्य प्रहलाद गिरि, लोसपाका केन्द्रीय सदस्य शशीकपुर मियाँ, नेकपा माओवादीका केन्द्रीय सदस्य सिपु तिवारी,लोसपाका नेता सुधिरनाथ पाण्डे , युवा नेताहरु मनोज यादव, विकास चौधरीसहित सयौं नेता कार्यकर्ताहरु रहेका छन् ।

कार्यक्रममा उनिहरुलाई जनमत पार्टीका अध्यक्ष डाक्टर राउतले फुलमाला लगाएर पार्टीको सदस्यता पत्र प्रादन गरि पार्टीमा स्वागत गरे । शनिबारको कार्यक्रममा पर्सा जिल्लाका १४ वटैपालिकाका गरि १ हजार १ सय भन्दा नेता कार्यकर्ता विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा प्रवेश गरेको जनमत पार्टीका पर्सा जिल्ला संयोजक ओमप्रकाश सर्राफले बताए ।

जनमत पार्टीका पर्सा जिल्ला इन्चार्ज माधव सिंहको अध्यक्षता तथा राष्ट्रिय अध्यक्ष डाक्टर राउतको प्रमुख आतिथ्यतामा भएको बृहत् पार्टी प्रवेश कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष एंव प्रदेशका पुर्व कृषि राज्यमन्त्री बसन्त कुशवाहा, वरिष्ठ नेता डाक्टर शरद सिंह, पर्सा संयोज ओमप्रकाश सर्राफ, सहसंयोजक मुकेश द्विवेदी लगायतका नेताहरुकोपनि उपस्थिति थियो ।

 


सम्बन्धित समाचार