Logo

२८ जेठ,वीरगञ्ज । वीरगञ्जमा आज बिहान नाला सफा गर्ने क्रममा बन्दुकमा प्रयोग हुने गोली भेटिएकोे छ । वीरगञ्ज महानगरपालीकाका सफाई कर्मचारीरुले आज बिहान नाला सफाई गर्ने क्रममा वडा नम्वर ६ मा रहेको नालामा ठूलो परिमाणमा बन्दुकमा प्रयोग हुने गोली भेटिएकोे हो ।

सफाई गर्ने क्रममा प्लास्टिकको झोलामा विभिन्न हतियारमा प्रयोग हुने,नाइन एमएमको ३२ थान, ३८ बोरको २४ राउण्ड, एसएलआरको ४ राउण्ड, हर्नेटको १७ राउण्ड सहित अन्य विभिन्न बन्दुकमा लाग्ने गरि कुल १०२ थान गोली भेटिएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए ।

फेला परेको मध्ये ४ वटा गोली बिग्रेको अवस्थामा भेटिएको उनले जानकारी दिनुभयो ।उक्त गोली कसले र कहिले नालामा फालेको भन्ने बारे केही खुल्न सकेको छैन यद्यपी यसबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक शाहले बताउनुभयो ।

नाला सफा गर्ने क्रममा गोली भेटिएपछि सफाइकर्मीले प्रहरीलाई खबर गरेका थिए । गोली भेटिएको खबर पाउनासाथ जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक शाह आफै गोली भेटिएको स्थानमा पुग्नुभएको थियो ।

 


सम्बन्धित समाचार