Logo

२८ जेठ,वीरगञ्ज । पर्साको पोखरिया नगरपालिका वडा नम्बर ४ पोखरिया बजारस्थित पोखरिया अस्पतालको स्तरोन्नती गरिने भएको छ ।मधेस प्रदेश सरकार मातहत रहेको पोखरिया अस्पताललाई ५० शैंयामा स्तरोन्नती गरिने भएको हो ।

आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा पोखरिया अस्पताललाई स्तरोन्नती गरि ५० बेडको बनाइने बताईएको छ ।

पर्सा जिल्लाको दोश्रो सदरमुकामको रुपमा परिचित पोखरियामा रहेको पोखरिया अस्पतालको स्तरोन्नतीका लागि प्रदेशसभा सदस्य एंव नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले पहल गरेपछि प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र सिंहले सरकारको नीति तथा कार्यक्रममा पोखरिया अस्पताललाई स्तरोन्नती गर्ने योजना समावेश गराउनु भएको हो ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममा पोखरिया अस्पतालसंगै सर्लाहीको बरहथवा अस्पताल , धनुषाको डुमरिया अस्पताल र सप्तरीको भारदह अस्पताललाई पनि ५० बेडमा स्तरोन्नती गरिने उल्लेख गरिएको छ ।

 


सम्बन्धित समाचार