Logo

फाइल तस्वीर

२८ जेठ,वीरगञ्ज । महोत्तरीमा ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको औरही नगरपालिका २ का ६० वर्षीय ताहिर अंशारी छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीका अनुसार हिजो दिउँसो बर्दिबास नगरपालिका २ वुद्धचोक नजिक बर्दिबास औरही सडक खण्डमा दुर्घटना भएको हो ।

दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको ज १ त १७४३ नम्बरको ट्याक्टरमा लोड भएको बिजुलीको पोलमा विपरीत दिशाबाट आउँदै गरेको ज.४ प. २३५१ नम्बरको मोटरसाइकल ठोक्किएर चालक अंशारी गम्भीर घाइते भएका थिए ।

उनको उपचारको क्रममा बर्दिबास स्थित सरकारी अस्पताल मृत्यु भएको डिएसपी गिरीले बताउनुभयो ।मोटरसाईकल र ट्याक्टर ईलाका प्रहरी कार्यालय बर्दिबासको नियन्त्रणमा रहेको र फरार ट्याक्टर चालकको खोजि कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।


सम्बन्धित समाचार