Logo

३० जेठ,वीरगञ्ज । घरेलु तथा साना उद्योग कार्यालय पर्सामा चालु आर्थिक वर्षमा एक हजार भन्दा बढि उद्योगले नविकरण गराएका छन् । कार्यालयमा चालु आवको ९ महिनामा १ हजार ६८ वटा उद्योगले नविकरण गराएका हुन् ।

कार्यालयले उपलब्ध गराएको तथ्याङक अनुसार सो अवधिमा ८ सय ५९ वटा उद्योग दर्ता गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय पर्साकी सूचना अधिकारी सरिता खड्काका अनुसार चालु आवको उक्त अवधिमा १२२ उद्योगले पुँजी वृद्धि गरेका छन् भने २४ उद्योगले ठाँउसारी, २६ उद्योगले नाम संशोधन र ५ वटा उद्योगले शाखा विस्तार गरेका छन् ।

यसैगरि १०४ वटा उद्योगको लगतकट्टा गरिएको, ६३ वटा उद्योगको नामसारी भएको र २७ वटा उद्योग थप भएको उहाँको भनाइ छ । कार्यालयमा दर्ता भएका उद्योगमध्ये ३६७ उद्योग महिला उद्यमीबाट र ५०६ वटा उद्योगको सञ्चालन पुरुष उद्यमीबाट भएको सूचना अधिकारी खड्काले जानकारी दिनुभयो ।

जसबाट २ हजार ५ सय ३३ जना पुरुष र ९ सय ८५ जना महिलाले रोजगार प्राप्त गरेका छन् । कार्यालयले उक्त समयमा वीरगञ्ज महानगरपालिकाका विभिन्न वडा तथा पालिकाहरुमा हाते कढाई तथा ब्युटिसियन सम्बन्धी ३/३ महिने तालिम, सिलाइकटाई सम्बन्धी ४५ दिनको तालिम, कम्युटर एकाउन्टिङसम्बन्धी २१ दिने तालिम, मोटरसाइकल मर्मत सम्बन्धी ३ महिने तालिम, डल कुशन बनाउने एवम् पाइप जडानसम्बन्धी १÷१ महिनाको तालिमको आयोजना गरेको सूचना अधिकारी खड्काले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार