Logo

३१ जेठ,वीरगञ्ज । मानवसेवा आश्रम वीरगञ्जले गण्डक हस्पिटल छेउबाट एक जना युवकको उद्धार गरेको छ । स्थानियबासिन्दाले फोहोर र ढल बग्ने नालीमा नग्न अवस्थामा युवक रहेको सूचना दिएलगत्तै आश्रमका सचिव दिपेश तामाङ नेतृत्वको टोलीले हिजो दिउँसो युवकको उद्धार गरेको हो ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ सिर्सियास्थित आश्रममा लगेर सरसफाई गरेपछि ति अपरिचित युवकको अवस्था फेरिएको छ । मानसिक सन्तुलन ठीक नभएको अवस्थाबाट उद्धार गरिएका युवक अन्दाजी २०/२१ वर्षका हुन सक्ने अनुमान गरिएको छ ।

उद्धार गरेर ल्याउने बित्तिकै आश्रमकै स्वयमसेविकालाई झापड हान्नेदेखि लिएर गमला फुटाउनेसम्मका क्रियाकलाप गरेको हुँदा उनलाई अहिले नियन्त्रणमा राखिएको छ ।
युवकलाई आश्रममै चेकजाँच गर्दा बाहिरी रोग केहि नदेखिएकाले मानसिक रोग नै भएको हुनसक्ने अनुमान गरि मनोरोगी विशेषज्ञ डा. भरत कुमार गोइत कहाँ लैजाने तयारी भईरहेको मानवसेवा आश्रम वीरगञ्जकी संयोजक सानु गुरुङले बताउनुभयो ।

उहाँका अनुसार युवकले खाना खान मानेका छैनन् । भने उनको केहि बोल्न सक्ने स्थिती पनि छैन ।
उद्धार गरेर ल्याइएका युवकको शरिरमा निलडाम तथा चोटपटक देखिएकाले कसैले कुटपिट गरेर नालीमा फालेको हुन सक्ने आशंका गरिएको छ ।

 

 


सम्बन्धित समाचार