Logo

३१ जेठ,वीरगञ्ज । मानवसेवा आश्रम वीरगञ्जले हिजो गण्डक हस्पिटल छेउबाट उद्धार गरेको युवकको मृत्यु भएको छ । स्थानियबासिन्दाले फोहोर र ढल बग्ने नालीमा नग्न अवस्थामा उद्धार गरिएको युवकको हाज अपरान्ह मृत्यु भएको हो ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ सिर्सियास्थित आश्रममा लगेर सरसफाई गरेपछि ति अपरिचित युवकको अवस्था फेरिएको थियो । मानसिक सन्तुलन ठीक नभएको अवस्थाबाट उद्धार गरिएका युवकले आश्रमकै स्वयमसेविकालाई झापड हान्नेदेखि लिएर गमला फुटाउनेसम्मका क्रियाकलाप गरेको हुँदा उनलाई अहिले नियन्त्रणमा राखिएको थियो ।

मनोरोगी विशेषज्ञ डा. भरत कुमार गोइत कहाँ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको मानवसेवा आश्रम वीरगञ्जकी संयोजक सानु गुरुङले बताउनुभयो ।
अहिले मृतक युवकको शव वीरगञ्जको पानीट्याङकीस्थित प्रभु अस्पतालमा राखिएको छ ।

 


सम्बन्धित समाचार