Logo

३२ जेठ,वीरगञ्ज । वीरगञ्जको आर्दशनगर स्थित ग्रिनसिटि सामुदायिक केन्द्रमा निशुल्क आँखा स्वास्थ्य शिविर समपन्न भएको छ ।

विश्व जेष्ठ नागरिक दुर्व्यहार जागरुकता दिवसको अवसरमा सामुदायिक प्रहरी चौकी आदर्शनगर , ग्रिनसिटी सामुदायिक केन्द्र र सामुदायिक आँखा हस्पिटल बिरगंजको सयुक्त आयोजनामा जेष्ठ नागरिक र स्थानियहरुलाइ निशुल्क आँखा चेकजाँच गरिएको हो ।

निशुल्क आँखा स्वास्थ्य शिविरमा ७५ जना महिला र १५० जना पुरुष गरि जम्मा २२५ जना जेष्ठ नागरिक र स्थानियहलाई चेकजाँच गराएका थिए । कार्यक्रममा २२५ जनालाई निशुल्क औषधि तिरण गरिएको छ ।

आँखा शिविर बिहान ७ बजे देखि ०९ः बजे सम्म रहेको थियो । निशुल्क आँखा स्वास्थ्य शिविर ग्रिनसिटी सामुदायिक केन्द्रका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षतामा समपन्न भएको हो ।

स्वास्थ्य आँखा शिविरमा प्र.ना.नि. सत्य प्रकाश त्रिपाठी , मे.स.महेश सिह धामि, बिरगंज महानगरपालिका सरसफाई शाखाका प्रमुख सरफुदिन मिया , सचिव मुरली जलान लगायत ग्रीनसिटी सदस्यहरुको सहभागिता रहेका थियो ।


सम्बन्धित समाचार