Logo

३२ जेठ,काठमाडौं । भारतले आफ्नो नयाँ संसदमा भवनमा राखेको ‘अखण्ड भारत’को नक्साको विरोधमा कूटनीतिक नोट पठाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माग गरेको छ ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै एमाले सांसद रघुजी पन्तले नेपालको भू–भाग समेटेको ‘अखण्ड भारत’को नक्साको विरोधमा नेपाल सरकारले तत्काल कूटनीतिक नोट पठाउन माग गरेका हुन् । भारतलाई कूटनीतिक नोट पठाएर संसदलाई जानकारी गराउन उनले माग गरे ।

हालै भारतले आफ्नो नयाँ संसदमा भवनमा राखेको ‘अखण्ड भारत’को नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु, विराटनगर समेटिएको छ ।

पन्तले प्रधानमन्त्रीको भारत भ्रमणपछि नेपालको परराष्ट्र नीतिमा खलबल आउन लागेको देखिएको भन्दै आपत्ति जनाएका छन् । उनले नेपालको परराष्ट्र नीति फेरबदल हुन लागेको हो वा खलबल ल्याउन खोजिएको हो भन्नेबारे सरकारले जवाफ दिनुपर्ने बताए ।

सांसद पन्तले प्रधानमन्त्रीको भारत भ्रमणपछि भारतका लागि नेपाली राजदूत शंकर शर्माले सञ्चारमाध्यममा दिएको अन्तर्वार्तामा उल्लेख विचारले नेपालको परराष्ट्र नीतिमाथि प्रश्नहरू खडा भएको पनि बताए ।

सांसद पन्तले भने, ‘नेपाल लामो समयदेखि नै आफ्नो असंलग्न परराष्ट्र नीतिमा अडिग रहँदै आएको छ । पञ्चायत आयो, गयो, बहुदल आयो, लोकतन्त्र आयो, नयाँ संविधान बन्यो ।

तर नेपालले कहिल्यै पनि परराष्ट्र नीतिमा फेरबदल ल्याएको छैन । तर पछिल्लो समय प्रधानमन्त्री भारत भ्रमणमा गएर फर्किएपछि त्यसमा खलबल हुन थालेको अनुभूति भइरहेको छ कि नेपालको परराष्ट्र नीति फेरबदल हुन लागेको हो ?


सम्बन्धित समाचार