Logo

३२ जेठ,वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद बिना जैसवालले दश/बिस जना विदेशी दलाल र भ्रष्टाचारीका कारण हजारौँ नागरिकले अनागरिक बन्नु परेको आरोप लगाउनुभएको छ ।

आज प्रतिनिधि सभाको बैठकमा शुन्य समयमा सहभागी हुँदै सांसद जैसवालले नागरिकता विद्येयकले पूरै देश जलिरहेको समयमा दश/बिस जना विदेशी दलाल तथा घुसपैठको पछाडी हजारौ नागरिकलाई अनागरिक बनाउने प्रवृतिको अन्त्य हुनुपर्ने बताउनुभएको हो ।

नागरिकता माग गर्दै दैनिक देशका नागरिकले आत्मदाहका प्रयास गर्दा पनि सरकारले नदेखेको भन्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

साथै सांसद जैसवालले मधेश प्रदेशलाई अशिक्षित, बेरोजगार र अस्वस्थ प्रदेश बनाउने र हुकुम चलाउने गरी भिआईपी र भिभिआईपीको निगरानीमा बजेट बनाइएको आरोप लगाउनुभएको छ ।

 


सम्बन्धित समाचार