Logo

३२ जेठ, वीरगञ्ज । आर्थिक वर्ष २०८०/०८१ को बजेटमार्फत आएको भन्सार ऐन, नियमावली २०८० मा भएको संशोधनमा भन्सार एजेन्ट प्रतिनिधिको व्यवस्थालाई नै अनुचित, अव्यवहारिक र गैरजिम्मेवारी पूर्वक हटाएकोमा भन्सार एजेन्ट महासङ्घले आपत्ति जनाएको छ । महासङ्घले भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेललाई ज्ञापन पत्र बुझाउँदै निर्णय नसच्याए काम ठप्प चेतावनी दिएको छ ।

महासङ्घले आफूहरूले पाएको अधिकार राज्यले नाजायज तवरले खोसेको बताउँदै उक्त संशोधनले गर्दा विगत २० औ वर्ष अगाडी देखि नै भन्सारमा भन्सार एजेन्ट सोसरह काम कार्य गर्दै आयका करिब ३०० जना प्रतिनिधिहरूले रोजीरोटी गुमाउनु परेको बताएको छ ।

हालसम्म कार्यरत भन्सार एजेन्टको उचित व्यवस्थापन गर्नुपर्नेमा सरकार गैह्रजिम्मेबार बन्दा ३०० जना भन्सार एजेन्टको बिचल्ली भएको भन्दै महासङ्घले आपत्ति जनाएको हो ।

आगामी शुक्रबार सम्ममा केहि निकास निकाल्न महानिर्देशकलाई आग्रह गर्दै यदि शुक्रबारसम्म पनि भन्सार विभागबाट भन्सार एजेन्ट प्रतिनिधि सम्बन्धित ठोस निर्णय नआएमा आइतबार देखि नेपालको सम्पूर्ण भन्सार कार्यालयमा काम काज समेत रोक्न बाध्य हुने एजेन्ट महासङ्घका अध्यक्ष भरतराज घिमिरेले बताए ।

केही दिन अघि वीरगञ्जमा कार्यरत भंसार एजेन्ट र प्रतिनिधिहरुले समेत सरकारले बजेट बक्तब्य मार्फत जारी गरेको भंसार एजेन्टले प्रतिनिधि मार्फत काम गर्ने व्यवस्था पुन कायम नगरेमा वीरगञ्ज भंसारबाट हुने सम्पूर्ण कार्य रोक्ने चेतावनी सहित प्रमुख भंसार प्रशासकलाई ज्ञापन पत्र बुझाएका थिए ।


सम्बन्धित समाचार