Logo

३ असार, वीरगञ्ज । गहवामाई मन्दिरको ११ औ वार्षिकोत्सबको अवसरमा वीरगञ्जमा रथ यात्रा निकालिने भएको छ । यही असार ५ गते गहवामाई मन्दिर परिसरबाट विहान ६ बजे रथ यात्रा निकालिने आयोजक समितिले जनाएको छ ।

गहवामाई मन्दिर परिसमा आयोजना गरिएको पत्रकार सम्मेलनमा रथ निर्माणको काम सम्पन्न भएको र रथ यात्राको तयारी समेत पुरा भएको जनाइएको छ । गहवामाई मन्दिर अगाडि नै निर्माण गरिएको काठको रथ आज एकैछिन गुडाएर परीक्षण गरिएको थियो ।

रथको रंगरोगन बाहेक निर्माणको अन्य काम पुरा भएको गहवामाई रथ यात्रा समितिका अध्यक्ष श्याम पोखरेलले बताउनु भयो । रथलाई गहवामाई मन्दिरको आकृतिसँग मिल्दोजुल्दो गरी बनाईएको छ ।

नेपाल र भारतका ख्याति प्राप्त कालीगढहरुले निर्माण गरेको हिन्दुहरुको आस्था गहवामाईको सो रथयात्रामा ३० देखि ३५ हजार भक्तजनहरु सहभागी हुने अनुमान गरिएको समितिका अध्यक्ष पोखरेलले बताउनु भयो ।

कार्यक्रमलाई भब्य र सभ्य पार्न बारा, पर्सा र रौतहटका भक्तजनहरुलाई धेरै भन्दा धेरै उपस्थित भएर सोभा बढाउन अपिल गरिएको छ । । गहवामाई मन्दिरको ११ औँ वर्षको उत्सवमा पहिलोपटक निकालिने रथ यात्रा निकाल्न लागिएको हो ।

गहवामाई मन्दिर समितिले अव देखि हरेक बर्ष स्थापना दिवसको अवसर पारेर रथ यात्रा निकाल्ने निर्णय गरेको अध्यक्ष पोखरेलले जानकारी दिनु भयो ।

गहवामाईको रथ निर्माणमा करिब ४ सय घनफिट काठ प्रयोग गरिएको रथयात्रा समितिले जनाएको छ । रथको डिजाईन र निर्माण गर्ने कारिगर नेपालकै रहेका छन् । रथ निमार्ण २० देखि २५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । स्थानीय सरकार र विभिन्न चन्दातादाहरुको सयोगमा रथ निर्माणको काम भएको अध्यक्ष पोखरेलले बताउनु भयो ।

रथयात्रा यहि ५ गते बिहान ६ बजे गहवामाई मन्दिरको प्राङगणबाट निकालेर रेलवे रोड हुँदै रामटोल, रेशमकोठी, विर्तामन्दिरबाट मेनरोड हुँदै अलखियामठ, आदर्शनगर, माईस्थान भएर पुन गहमावमाई मन्दिरमा पुगेर समापन गरिने उनको भनाई छ । ५ गते रथ यात्रा सम्पन्न भएपछि ६ गते महाप्रसादको कार्यक्रम राखिएको गहवामाई मन्दिर समितिले जनाएको छ ।


सम्बन्धित समाचार