Logo

३ असार, वीरगञ्ज । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडलाई बीमा प्राधिकरणले मर्जरको लागि स्वीकृत दिएपछि एकिकृत कारोवार पछि प्रयोगमा ल्याइने लोगो आइतवार (आज) सार्वजनिक गरिएको छ ।

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई र महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले आज एक सयुक्त विज्ञप्ती मार्फत गर्दै दुवै कम्पनी मर्जर भएपछि एकिकृत कारोवार गर्दा प्रयोग गरिने लोगो सार्वजनिक गरिएको हो ।

असार महिना भित्रमा एकिकृत कारोवार शुरु गर्ने तयारी भइरहेको सन्दर्भमा दुवै कम्पनीको तर्फबाट साझा लोगो बनाई सार्वजनिक गरिएको हो । सयुक्त मर्जर समितिको निर्णय अनुसार दुवै कम्पनीको भावना प्रतिबिम्वित हुनेगरी लोगो तयार पारिएको महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका सिइओ रमेश कुमार भट्टराईले जानकारी दिनुभयो ।

प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले एक आपसमा मर्ज भएर यसै आर्थिक वर्षभित्रै एकिकृत कारोबार सुरु गर्ने गरी दुवै कम्पनीले काम गरीसकेका छन् । यि दुई कम्पनीहरु मिलेर प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स बन्दैछ ।

मर्जरका लागि नियामक निकाय बीमा प्राधिकरणले गत जेठ २९ गते अन्तिम स्वीकृति दिएको थियो । अब केही दिन भित्रमा यि कम्पनीहरुले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट एकिकृत कारोबार सुरु गर्ने तयारी गरेका छन् ।

महालक्ष्मी र प्रभु लाइफ इन्स्योरेन्सको देशभर १७६ शाखा कार्यालय छन् । बीमा कम्पनीले तोकेको ५ अर्व चुक्ता पूँजीको लागि एकिकृत कारोवार पछि ९० करोड बरावरको प्रिमियर मूल्यमा एफपिओ जारी गर्ने सहमती भएको महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत भट्टराईले बताउनु भयो ।

अहिले महालक्ष्मी लाइफ इन्स्यारेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रहेका रमेशकुमार भट्टराई बीमा क्षेत्रका अनुभवी व्यक्ति हुन् । बीमा कम्पनीहरुकै पहिलो नेपाली सीईओ समेत रहेका भट्टराईको सक्रियता आजका दिनमा पनि लोभलाग्दो छ । यी दुई कम्पनीहरुले मर्जर अगाडि पनि सबैको ध्यान खिच्ने काम गरिरहेका छन् ।

मर्जरको तयारीमा रहदै गर्दा नै दुई कम्पनीहरुले २०८० सालको संयुक्त क्यालेण्डर सार्वजनिक गरेका थिए । अर्को तर्फ मर्जर भएपछि धेरैको रोजगारी गुम्छ । प्रधान कार्यालयसहित शाखा कार्यालयहरु समेत मर्ज हुने हुँदा मर्जरले धेरैको रोजिरोटी नै खोजिने खतरा हुन्छ ।

अन्य बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीहरुले कर्मचारी बिदा गर्न भिआरएस लगायतको अफर समेत गर्ने गरेका छन् । यि दुई कम्पनीले भने कर्मचारी बिदा गर्ने होइन बोरु नयाँ कर्मचारी भर्ना गर्ने भएको छ । गत आइतबारमात्रै यि दुई कम्पनीले पूर्वदेखि सुदुरपश्चिमसम्मका विभिन्न शाखा कार्यालयहरुका लागि कर्मचारी माग गरेको छन् ।


सम्बन्धित समाचार