Logo

३ असार, वीरगञ्ज । लाखौ मूल्य पर्ने विभिन्न ब्राण्डका मोवाईल र घडी सहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नंं ३२ स्थित भाडा लिएर बसेको घरमा छापा मारेर प्रहरीले १९ लाख १४ हजार बराबरका बिभिन्न ब्राण्डका मोबाईल तथा घडीहरू बरामद गरेको हो । भारत विहार पूर्वी चम्पारण बिसुनपुर पोष्ट अमवा बिसुनपुर बस्ने ३३ बर्षिय मनोज कुमारलाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको हो ।

भारतबाट अनाधिकृत रुपमा बिभिन्न ब्राण्डका मोबाईल तथा घडीहरू भन्सार छली गरि ल्याएर वीरगञ्जमा भण्डारण गरि राखेको सुचनाको आधारमा प्रहरीले मनोजको वीरगञ्ज महानगरपालिका–३२ वदननगरस्थित डेरामा खानतलाशी गर्दा मोबाईल र घडीहरु प्रहरीले बरामद गरेको हो ।

उनको कोठाबाट प्रहरीले बिभिन्न ब्राण्डका ५९ थान मोबाईल र एक सय ८५ पिस घडी बरामद गरेको पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक गिरीले जानकारी दिए ।

बरामद गरिएको मोबाईल र घडीहरुको बजार मुल्य १९ लाख १४ हजार कायम गरि आवशयक कारवाहीको लागि मनोजलाई समेत वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको डिएसपी गिरीले बताए ।


सम्बन्धित समाचार