Logo

फाइल तस्बिर

४ असार,पर्सागढी । पर्साको पर्सागढी नगरपालिका वडा नं.३ बडनिहारस्थित डेरी रोडबाट एक थान सालको गोलिया बरामद भएको छ । सब डिभिजन वन कार्यलयबाट खटिएका वन कर्मचारीको टोलीले उक्त परिमाणमा सालको गोलिया बरामद गरेको छ ।

सव डिभिजन वन कार्यलय बडनिहारका फरेस्टर पुरुषोत्तम पटेलको कमाण्डमा खटिएको वनकर्मीको टोलीले तस्करले वन क्षेत्रबाट रुख कटान गरि मोटरसाइकलमा लैजादैँ गरेको अवस्थामा बरामद गरेको थियो ।

सब डिबिजन बन कार्यालय बडनिहारको बन क्षेत्र बाट सालको रुख कटान गरि गोलिया बनाई मोटरसाईकलमा तस्कर हरुले ल्याउदै गरेको अवस्थामा गय राति बनकर्मिको टोलिले बरामद गरेको छ ।

ना ५५ प १७५८ नम्बरको होण्डा साइनको मोटरसाइकलमा पछाडि राखेर गोलिया लैजादैँ गरेको अवस्थाबाट नियन्त्रणमा लिईएको वनकर्मीको भनाइ छ । तस्कर भने वनकर्मचारीलाई देख्नासाथ फरार भएको बताईएको छ ।


सम्बन्धित समाचार