Logo

४ असार,पचगावाँ,पर्सा । विद्युत चुहावट नियन्त्रण टोलीले गएराति विभिन्न स्थानमा विद्युत चुहावट गर्ने ८ जनालाई पक्राउ गरेको छ ।

नेपाल विद्युत प्राधिकरण पोखरियाबाट खटिएको विद्युत चुहावट नियन्त्रण टोलीले पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर १ भलुवहियाका शेषनाथ राउत अहिर, मिर्जापुरबाट पपु राम, विन्दवासिनी गाउँपालिका वडा नम्बर ५ हसवाका राजकुमार सहनी, कवी सहनी, पिपराका मुखलाल पटेल, रामबाबु पटेल, दिनेश यादवलाई पक्राउ गरेको हो ।

चुहावट नियन्त्रण टोलीले गस्ती गर्ने क्रममा विद्युत चोरी गरी प्रयोग गरेको पाईएकाले प्रहरी, सशस्त्र प्रहरी र पोखरिया वितरण केन्द्रको विद्युत चुहावट नियन्त्रण टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको छ ।

 


सम्बन्धित समाचार